पूर्व संसदसमेत रहेका पुराना कम्युनिस्ट नेता घिमिरे भारतमा मृत भेटिए « Khabarhub

पूर्व संसदसमेत रहेका पुराना कम्युनिस्ट नेता घिमिरे भारतमा मृत भेटिए


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।

नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।

उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए ।

भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ३ : ०२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित