राजीनामा दिएर फेरि अर्थमन्त्री नियुक्त हुँदै खतिवडा ! | Khabarhub Khabarhub

राजीनामा दिएर फेरि अर्थमन्त्री नियुक्त हुँदै खतिवडा !


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार(आज) सकिँदैछ ।

गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनाको पदावधि सकिएको हो ।

कार्यकाल सकिन लागेका सबै जनाले राष्ट्रिय सभामा आफ्ना धारणा राखेका छन् । त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग उनीहरुले सामूहिक फोटोसमेत खिचाएका छन् ।

राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा हुनेछन् ।

कार्यकाल पूरा हुनेमा राष्ट्रपतिबाट मनोनित खतिवडासहित नेकपाका ९, कांग्रेसका ६, राजपाका २, समाजवादीका १ जना सांसद छन्।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । गोलप्रथामा ८ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

दुईवर्षे कार्यकाल भएका कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भइसकेकाले १८ जना राष्ट्रिय सभाबाट औपचारिक रुपमा बिदा भएका हुन् । यद्यपी राष्ट्रिय सभामा रिक्त रहेका सांसदको संख्या भने १९ हो ।

१८ जना सांसदको रिक्त रहेको ठाउँमा निर्वाचित राष्ट्रियसभा सदस्यको आजै सपथग्रहण हुँदैछ । माघ ९ गते सात वटै प्रदेशबाट चुनिएका नेकपाका १६ र राजपाका २ जना सांसद्को आज सपथ हुन लागेको हो ।

राजीनामा दिएर फेरि मन्त्री बन्दै खतिवडा !

कार्यकाल समाप्त भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनको राजीनामा

मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो अर्थमन्त्री डा खतिवडाको राजीनामा पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । त्यस लगत्तै अर्थ मन्त्री खतिवडा प्रधानमन्त्री केपी ओलीलाई भेट्न अस्पताल पुगेका थिए ।

उनको शपथ भोलि हुने सम्भावना रहेको शीतलनिवास स्रोतको भनाइ छ ।

सांसद नभएपनि उनी ६ महिनासम्म मन्त्री बन्न पाउने छन् । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने व्यवस्था गरिएको छ ।

धारा ७८ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने ‘ उल्लेख छ ।

तर नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने व्यवस्था उपधारा २ मा उल्लेख गरिएको छ ।

राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ३ : ३३ बजे

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

काठमाडौं– सरोकारवालाहरूले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन्

‘लेख्ने एउटा गर्ने अर्को’ परम्पराबाट मूक्त हुन अर्थमन्त्रीलाई योगेश भट्टराईको २४ बुँदे सुझाव

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आ व २०८२–८३ का लागि संसदमा

दोस्रो पशुपति चौलागाईं स्मृति कप सुरु

दोलखा– नेपाली राजनीतिका बामपन्थी नेता स्व. पशुपति चौलागाईंको स्मृतिमा दोस्रो

प्रधानमन्त्रीसँग जापानका परराष्ट्र उपमन्त्रीको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी

सुशासन र विकासलाई तीव्रता दिन एमाले बहुमतको सरकार चाहिन्छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले