व्यवसाय गर्न चाहने महिलाका लागि ७ टिप्स « Khabarhub

व्यवसाय गर्न चाहने महिलाका लागि ७ टिप्स


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै न कुनै व्यवसाय सुरु गर्ने चाहना सबैको हुन्छ । व्यवसाय सुरु गर्नु नै एक किसिमको चुनौती हो । त्यसै गरी घर–परिवार पनि हेर्नुपर्ने, व्यवसायलाई पनि ध्यान दिनुपर्ने, अनि अन्य आफन्त साथी भाइसँगको नाता सम्बन्ध पनि कायम गर्नुपर्ने ।

यस्ता धेरै जिम्मेवारी बोकेका महिलाहरूलाई सफलरूपमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण हुने गर्दछ ।

यदि तपाइ व्ययवसाय गर्दैहुनुहुन्छ भने यी कुरामा ख्याल गर्नुस् :

१. लक्ष्य निर्माण :

कुनै पनि काम गर्दा किन काम गर्दै छु, मेरो जीवनको लक्ष सँग मैले गरेको काम मिल्छ कि मिल्दैन भनेर सोच्नुहोस् । आफ्नो जीवनको लक्ष र व्यवसायको उद्देश्य प्रस्टसँग निर्माण गर्नुहोस् । यदि तपाइले उदेश्यलाई लेखेर राख्नु भयो भने अझ प्रस्ट हुन सजिलो हुन्छ । र तपाइले गर्ने प्रत्येक कामलाई आफ्नो लक्ष र उदेश्यका साथ गर्नुभयो भने तपाईँलाई काम गर्न सजिलो हुन्छ । लक्ष्य निर्माण गर्दा आफ्नो समय, लगानी, आफ्नो व्यक्तिगत र पारिवारिक जीवन जस्ता कुरालाई ध्यानमा राखेर निर्माण गर्नुहोस् ।

२. गर्नुपर्ने कामहरूको सुची तयार गर्नुहोस् :

आफूले गर्ने कामहरूको सुची बनाएर, समय तोकेर र योजना बनएर गर्‍यो भने काम गर्न सजिलो हुन्छ । यसपछि के काम गर्नुपर्छ, अहिले सम्मको काम कहाँ पुग्यो भनेर आफूलाई राम्रो सँग जानकारी भयो भने आराम सँग कामहरू गर्न पाइन्छ र योजना पुरा गर्न सजिलो हुन्छ ।

३. चुनौती स्वीकार गर्नुहोस् :

महिला भएकै कारणले तपाई कुनै पनि रूपमा व्यवसाय गर्न कम्जोर हुनुहुन्न । तपाइले व्यवसायमा आउने प्रत्येक चुनौतीहरू स्वीकार गर्न सिक्नुभयो र चुनौतीहरूलाई स्वीकार गर्नुभयो भने तपाईलाई व्यवसाय गर्ने हिम्मत बढेर आउँछ र जस्तो सुकै समस्याको पनि समाधान निस्कन सक्छ ।

तर यदि चुनौतीलाई स्वीकार गर्नुभएन भने तपाईँलाई व्यावसायिक जीवनमा मात्र नभएर व्यक्तिगत जीवनमा आएका समस्याहरूलाई समाधान गर्ने भित्री शक्ति हुँदैन । सफल त्यही व्यक्ति हुन्छ जसले चुनौती स्वीकारेर अगाडी बढ्छ ।

४. उद्देश्य ठुलो राख्नुहोस् :

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने जस्तै तपाइले राख्ने उद्देश्य सधैँ ठुलो हुनु पर्छ । महिला भएको कारणले तपाइको पहिलो उद्देश्य व्यवसाय हैन भनेर समाजले भन्ने चलन छ होला , तर तपाइको जीवनको उद्देश्य तपार्इ महिला वा पुरुष हुनुले फरक पार्दैन । त्यसकारण उद्धेश्य ठूलो राख्नुस् जसले गर्दा तपाइले उद्देश्य प्राप्तिको लागि काम गर्न प्रेरित हुनुहुन्छ र त्यसको लागि काम गर्नुहुन्छ ।

५. नेतृत्व लिनुहोस् :

तपाईको व्यावसायिक जीवनमा यस्तो विभिन्न मोड आउन सक्छ जहाँ नेतृत्वको अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सानो नै किन नहोस् , नेतृत्वको आवशर आएको बेलामा नेतृत्व लिन नहीचकिचाउनुहोस । आफ्नो विभिन्न क्षमताहरू प्रस्तुत गर्नुहोस् ।

६: समूहमा आबद्ध हुनुहोस :

व्यावसायिक समूह , दिदीबहिनी समूह , क्लब आदि विभिन्न खाले सामाजिक तथा व्यावसायिक समूहमा आबाद्द भएर आफ्नो व्यवसायलाई प्रबर्धन साथथै आफू जस्तै व्यवसाय गर्ने महिलाहरू सँग भेटघाट, छलफल , आफूलाई परेको समस्याको समाधान आदि गर्न सकिन्छ । यस्ता किसिमका समूहमा आबद्ध हुँदा, आफू जस्तै समस्या भोगेका महिलाहरू भेटिन्छ ।

समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ र परेको बेला यस्ता समूहका साथीहरूले सहयोग गर्न सक्छन् । यस्तो भेटघाट महिनाको वा हप्ताको एक चोटि जस्तो गरेर नियमित रूपमा गर्न सकिन्छ ।

७. आत्मा विश्वास कायम राख्नुहोस :

व्यवसाय गर्दा चुनौतीहरू आउँछन, एकै पटकमा कोही पनि सफल हुँदैन , जीवनमा कति पटक लडिन्छ, तर लडे पनि उठेर अगाडी बढ्न सक्नुपर्छ । आफ्नो आत्माबिस्वास सधैँ आफूसँग राख्नुहोस र म गर्न सक्छु भनेर हिम्मतका साथ काम गर्नुभयो भने सफलता हात पार्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १६ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै