दिउँसै झप् झप्, कोकले अप ! | Khabarhub Khabarhub

दिउँसै झप् झप्, कोकले अप !


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ ।

यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् झफ्, कोकले अप” रहेको छ, अर्थात यदि तपाईंलाई दिउँस निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउने कम्पनीले दाबी गरेको छ ।

क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ ।

मध्य दिउँसको सुस्ताका कारण निन्द्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टिभीसी शुरु हुन्छ । उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउछिन् । जब उनीले चिसो कोका–कोला पिउछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौउडिदै ऊंघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं ।”

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झप्लाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।”

कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सप्र्रइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धी सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाइक र फलो गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ३२ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन