नेपालमा कोरोना संक्रमणको डर भएपनि तर्सिनुपर्ने अवस्था छैन : चिकित्सक | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमणको डर भएपनि तर्सिनुपर्ने अवस्था छैन : चिकित्सक


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए ।

उनले भने,‘तर, नेपाल सरकारलाई नेपाल भ्रमण वर्ष–२०२० को प्रचार गर्नतिर ध्यान दियो । हाम्रो सरकारलाई पैसा कमाउनेमात्रै ध्यान भयो । कोरोना भाईरसको बारेमा खासै वास्ता गरेन् । यो दुःखद् पक्ष हो ।’ कोरोना भाईरस आज अफ्रिकासमेत पुगिसकेको सुनाउँदै उनले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको जनाए । उनले थपे,‘त्यत्रो टाढा फैलिईसकेको छ भने नेपाल नआईकन बसेको होला र ?’ उनले दक्षिण कोरियाको एउटा चर्चमा ९ हजारमा यो भाईरसको संक्रमण फैलिएको सुनाए ।

डा. दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन दिन नहुने तर्क गरे । जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट २५० जनाको जम्बो टोली नेपाल एयरलाईन्सको फ्लाईटमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमप्रतिपनि कडा निन्दा गरे । उनले भने,‘सर्वोच्च अदालतले समेत रोक लगाएको अवस्थामा नेपाल वायु सेवा निगमले अटेरी गरेर जापान गयो । यो दुःखद् पक्ष हो ।’

काठमाडौं उपत्यकामा कोरोना भाईरस देखिए यसको संक्रमण नराम्रोसँग फैलिनेतर्फ पनि सचेत गराए । उनले भने,‘यो ज्वरो नापेरमात्रै थाहा हुँदैन् । हामी सबैको लागि खतरानक कुरो हो ।’ यद्धपी उनले नेपालीहरुसँग रोगसँग लड्ने क्षमता भने बढि रहेको सुनाए। उनले कोरोनाको डर प्रशस्तै मात्रामा भएपनि तर्सिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यसबाट बच्नको लागि सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने सुनाए । उनले भने,‘कोरोनालाई नेपाल आउन नदिनु हाम्रो प्रमुख लक्ष्य हो । सोहीअनुसार काम गरिररहेका छौं । सरकारले राम्रो तयारी गरेको छ ।’

डा. देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह«ो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढि फरेनहाईट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’

उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होईन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाईएको पनि उनले जनाए । उनले भने,‘अहिले १९ जनाको जनशक्तिले काम गरिरहेको छ । ६ वटा थर्म मिटर प्रयोग भएको छ । व्यवस्थापन चुस्तदुरुस्त बनाएका छौं ।’ विमानस्थलको सम्पूर्ण व्यवस्थापनसँग् आफूहरुको टिम बसेर समन्वय भैरहेको पनि देवकोटाले जनाए ।

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाईएको उनले स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि ३० वटा बेड आईसोलेशन बेड राखिएको उनले जनाए । चीनबाट उद्धार गरेर ल्याईएका सबैको दुई पटकसम्म स्वास्थ्य परीक्षण गरिएको र सबै रिपोर्ट राम्रो आएकोले भर्खरै घर फकाईएको पनि उनको भनाई छ । शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।

उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परिक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाईजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि हिजोबाट आवश्यक गम्भिरताका साथ कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’

भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाईए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए । उनले सरकारी उच्च तहबाट अन्तर्राष्ट्रिय विमानस्थल ‘लक्ड–अप’ गर्ने निर्णय नभएको स्पष्ट पारे । उनले भने,‘हामी सजग हुनुपर्छ । सरकारले योजनाका साथ काम गरिरहेको छ ।’ प्रधानमन्त्रीकै संयोजकत्वमा कमिटी गठन भएकोले सबै क्षेत्रको सक्रिय भूमिकाबाट समस्याको समाधान हुने उनले स्पष्ट पारे । देवकोटाले पनि सकभर ठूलो भीडमा गएर होली नखेल्न आग्रह गरेका छन् ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । उनले भने,‘२३ जना भर्ना हुनुभएको थियो । त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।’

कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए । कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए ।

उनले नेपालमा यो रोग कम्युनिटीमा स्थापित् नभएको स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म त्यस्तो परिणाम देखिएको छैन् । कोरोना भाईरस लाग्नेबित्तिकै मान्छे मर्दैन् ।’ अहिले मौसमी रुघाखोकीको समय भएकोले सजकता अपनाउनपनि उनले आग्रह गरेका छन् । उनले साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउनको लागि पनि सुझाएका छन् ।

उनले यसको उपचार भनेको ज्वरोका लागि सिटामोल र रुघाखोकीको लागि त्यहीअनुसार औषधी दिने रहेको सुनाए । उनले अहिले यो रोग लागेर कोही पनि भर्ना नभएको सुनाए । यसअघि भर्ना भएका सफल उपचारपछि घर फर्काईएको उनले स्पष्ट पारे ।

उनले अहिले आँत्तिहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाए। तर, नेपाल पूर्ण सुरक्षित छ भनेर बस्न नहुने पनि तर्क गरे ।

उनले यो वर्षको होली सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गरे । बास्तोलाले आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेको सुनाए । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्म पुग्नेपनि उनले सुनाए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ४८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको