मृत्यु भइसकेका व्यक्तिको औंठा छाप किर्ते गरेर जग्गा नामसारी गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

मृत्यु भइसकेका व्यक्तिको औंठा छाप किर्ते गरेर जग्गा नामसारी गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मृत्यु भइसकेका व्यक्तिको गलत औंठा छाप प्रयोग गरेर अर्कै व्यक्तिको नाममा जग्गा पास गरिदिने मालपोत कार्यालयका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको अनुसन्धानबाट भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईँसहित नायव सुब्बा मनोज घिमिरे, खरिदार कृष्ण प्रसाद नेपाल र अर्का खरिदार राम प्रसाद भट्टराईले मृत्यु भइसकेकी महिलाको नक्कली औंठा छाप प्रयोग गरी अर्कैै व्यक्तिको नाममा जग्गा पास गरिदिएको भेटिएको हो ।

उनीहरुले १० कात्तिक २०७० मा नै मृत्यु भइसकेकी सुनसरीको धरान उपमहानगरपालिका–१० की रनमाया लिम्बुको नक्कली औंठा छाप प्रयोग गरेर गलत बकस पत्र तयार तथा पारित गरी ३१ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको जग्गा गैरकानूनी रुपमा २८ मंसिर २०७६ मा हक नपुग्ने रत्नदेवी लिम्बुका नाममा पास गरिदिएका थिए ।

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईँसहित नायव सुब्बा मनोज घिमिरे, खरिदार कृष्ण प्रसाद नेपाल र अर्का खरिदार राम प्रसाद भट्टराईविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना मागदाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उक्त प्रकरणमा साविक इटहरी नगरपालिका (हाल इटहरी उपमहानगरपालिका) सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमालको समेत संलग्नता देखिएको छ । शाखा अधिकृत धिमालले जग्गाधनी रनमाया लिम्बु उपस्थित नै नभइ उनी उपस्थित भएको भनेर नगरपालिकाबा २४ मंसिर २०७० मा घर बाटो सिफारिस गरेका थिए । अख्तियारले उनीविरुद्ध पनि १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ ।

अख्तियारले लेखापढी व्यवसायी पुस्कर प्रसाद पोखरेल, मृतक रनमाया लिम्बुको जग्गा आफ्नो नाममा नामसारी गराउने रत्नमाया लिम्बु र गलत लिखतका साक्षी बनेका गोविन्द कोइरालालाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ५ : ०१ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश