कोरोना संक्रमित जापानमा नेपाल एयरलाइन्सले घुमाउन लग्यो २३ जनाको जम्मो टोली (सूचीसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमित जापानमा नेपाल एयरलाइन्सले घुमाउन लग्यो २३ जनाको जम्मो टोली (सूचीसहित)

भ्रमणमा नेता, पत्रकारदेखि बैंकका सीईओसम्म


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमको लगातार खबरदारीपछि कोरोना संक्रमित क्षेत्रबाट नेपाल आउने यात्रुलाई रोक्न नेपाल सरकार तयार भएको छ ।

तर, सरकारी स्वामित्वमै रहेको नेपाल वायुसेवा निगम भने यात्रु खोज्दै प्रचारात्मक अभियान भन्दै जम्बो टोली लिएर घुम्न निस्किएको छ ।

गत भदौ १२ गतेबाट जापानको ओसाकाको उडान शुरु गरेको थियो । तर ओसाकाको उडानले व्यवसायिक सफलता प्राप्न गर्न नसकेपछि सोही उडान जापानकै अर्को शहर नारिता उडान भर्ने अनुमति लिएको थियो ।

गत सोमबारदेखि उडान थालेको नारितामा साताको ३ दिन सोमबार, बुधबार र शुक्रबारको उडान अनुमति लिइएको छ ।

सोही उडानको प्रचार गर्न तथा यात्रुको संख्या बढाउन भन्दै सांसद, पत्रकार, एयरलाइन्सको बोर्ड सञ्चालक समितिका पदाधिकारीसहितको जम्मो टोलीलाई घुमाउन लगेको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार, अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट काठमाडौं–नारिता उडान हुनेछ ।

खड्का भन्छिन्-‘जापनको नारिता उडानका लागि ५/६ महिना अघिदेखि तयारी भएको थियो । सोही अनुसार, सोमबार पहिलो उडान भर्न सफल भएका छौं । नारिता उडान उद्घाटनका लागि निगमले २३ जनाको जम्बो टोली सरकारी खर्चमै जापान लगेको सूची खबरहबलाई प्राप्त भएको छ ।’

हेर्नुहोस घुम्न जानेको सूची

को–को छन् जम्बो टोलीमा ?

सूचीमा सांसद, निगमकै कर्मचारी, बैंकका कर्मचारी तथा पत्रकार छन् । एयरलाइन्सले उपलब्ध गराएको सूची अनुसार पुष्पा भुसाल, वोधमाया कुमारी यादव, गणेश पहाडी, सरला यादव, बलबहादुर सामसोहङ, कृष्ण ढकाल सांसद हुन् ।

त्यस्तै नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्द, निगम सञ्चालक समिति सदस्यहरु अच्युतराज पहाडी, बुद्धिसागर लामिछाने, विष्णुराज ढकाल छन् ।

त्यस्तै नेपाल वायु सेवा निगमका निर्देशक टंकनिधी ढकाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव टोलीमा छन् ।

राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, सञ्चारकर्मीहरु निमाकुमारी काफ्ले (नेपाल टेलिभिजन), कालिका खड्का (रासस), बेन्जु सुवेदी (रेडियो नेपाल), खगेन्द्र अधिकारी (नागरिक दैनिक), राजेश राई (नयाँ पेज) छन् ।

यसबाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँ, प्रधानमन्त्रीका समाचार प्रेसक रामशरण बजगाईँ, प्रधानमन्त्री कार्यालयका दिपेन्द्र दाहाल पनि टोलीमा सहभागि छन् ।

सम्पुर्ण टोलीको खर्च नेपाल वायुसेवा निगमले नै बेहोरेको छ । निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम ७३ हजार रुपैयाँ कायम गरिएको छ । यसबाहेक २३ जनाको टोलीलाई खाने बस्ने सबै खर्च निगमले नै तोकेको छ ।

यसलाई हेर्दा घाटामा चलिरहेको निगमले भ्रमणका लागि लाखौं रुपैयाँ खर्च गरेको छ ।

कोरोना भाइरसको जोखिम मोल्दै भ्रमण

अहिले कोरोना भाइसरको प्रभाव विश्वब्यापी रुपमा फैलिएको छ ।

यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले समेत कोरोनाप्रति सचेत हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहेको छ । तर, यस्तो समयमा नेपाल वायुसेवा निगमले कोरोना संक्रमण देखिएको मुलुक जापानमा जम्बो टोली पुगेको छ ।

जापानमा कोरोना संक्रमण देखा परेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थामा प्रचारकै लागि निगमले किन लग्यो लाखौं खर्चिएर जम्बो टोली ? यही प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ ।

नेपालमा विदेशबाट आउने पर्यटकबाटै कोरोना भित्रिने हो कि भन्ने त्रास बढिरहेका बेला कोरोना संक्रमित क्षेत्रमै नेपाली टोली लैजानु अर्को दुखद र विडम्बना हो ।

चीनको प्रभावित क्षेत्रबाट ल्याइएका १७५ जनालाई क्वारेन्टाइनमा राखेर संक्रमण नभएको पुष्टि भएपछिमात्र घर फर्काइएपनि भ्रमणमा गएको यो टोली नेपाल आएर खुलमखुल्ला डुल्ने हो कि क्वारेन्टाइनमै राखिने यो यसको जवाफ कसले दिने ?

यी यावत समस्या निम्त्याउन आफैं नेतृत्व गरेको वायुसेवा निगम भने यो कार्यक्रम पूर्व योजना अनुसार नै रहेको बताउँछ । निगमकी प्रवक्ता खड्काले भनिन्, ‘यो भ्रमणका बारेमा प्रकारको ट्राभल एडभाइजरी जारी नभएका कारण पूर्वयोजना अनुरुप नै नारितामा उडान भरेको हो ।’

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : ५५ बजे

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष