कोरोनाबारे सावधानी अपनाउन वरिष्ठ नेता खनालको आग्रह « Khabarhub

कोरोनाबारे सावधानी अपनाउन वरिष्ठ नेता खनालको आग्रह


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो सङ्कटका रुपमा देखापरेको बताएका छन् ।

झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

नेपालका विभिन्न शहरमा कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गरे ।

“स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ”, उनले भने, “हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।”

यसैबीच नेकपा प्रदेश नं १ ले प्रदेशमा कुनै पनि साना–ठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।

“आज हुने भनिएको प्रदेशस्तरीय भेला प्रशिक्षण स्थगित गरिएको छ”, अध्यक्ष घिमिरेले भने, “कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आउनुभएका कार्यकर्ता त्यसै फर्किनु परेकामा क्षमा चाहन्छौँ ।”

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : २७ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण