राष्ट्रियसभामा कार्यकाल पूरा गरेका सांसदले सुनाए आ-आफ्ना अनुभव « Khabarhub

राष्ट्रियसभामा कार्यकाल पूरा गरेका सांसदले सुनाए आ-आफ्ना अनुभव


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरी आज बिदाइ भएका सांसदले सदनमा आफ्ना अनुभव सुनाउँदै उक्त अवधि उपलब्धिमूलक भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले सत्तापक्ष र प्रतिपक्षको परिपक्व भूमिकाले सभाको गरिमा बढेको अनुभव समेत सुनाएका थिए ।

बैठकमा बद्रीप्रसाद पाण्डेले यस अवधिमा ‘सानो परिवार, सुखी परिवार’को अनुभव भएको बताउँदै समयमा बैठक सञ्चालन गर्ने काम भएको र दलीय प्रभावबाट मुक्त रहने प्रयास गर्ने काम भएको बताए । उनले आगामी दिनमा वर्षमा कम्तीमा दुई पटक मतदातासम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा सदनको ध्यानाकर्षण गराए ।

सांसद कालीबहादुर मल्लले गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिनु स्वभाविक प्रक्रिया भएको बताउँदै यस अवधिमा धेरै अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको धारणा व्यक्त गरेका थिए ।

सांसद कमलाकुमारी ओलीले आगामी दिनमा सांसदबीच विभेद हुने गरी बजेट विनियोजन नहोस् भन्ने आग्रह गरिन् । सांसद खेमराज नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवमा केक काटिएको प्रसङ्गमा देखिएको नकारात्मक टिप्पणी नकारात्मक मानसिकताको उपज मात्र भएको धारणा व्यक्त गरेका थिए ।

सांसद धनकुमारी खतिवडाले छोटो समयमा धेरै महत्वपूर्ण विधेयक पारित भएको बताउँदै सभामा सत्ता पक्ष र प्रतिपक्षको भूमिका विधेयकको छलफल र पारितमा केन्द्रित हुँदा सभाको गरिमा बढ्ने बताइन् । सांसद बलरामप्रसाद बाँस्कोटाले संसद जनताका समस्या समाधानको थलो भएको बताउँदै सभामा अध्यक्षको भूमिकाले सदन प्रभावकारी भएको बताए ।

सांसद मीना बुढाले सदनमा जनताका कुरा उठाउन पाएको अनुभव सुनाउँदै यो अनुभवले खुशी भएको बताइन् ।  सांसद मुक्ताकुमारी यादवले सदनमा यस अवधिमा धेरै काम भएको र गर्न बाँकी रहेका काम आगामी दिनमा सम्पन्न हुने अपेक्षा गरिन। सांसद युटोल तामाङले सभामा जनजातिको कोटा थप गर्नुपर्ने माग गरेका थिए । सांसद रमेशप्रसाद यादवले अध्यक्षले सभाको मर्यादा बढाउन ठूलो योगदान गरेको अनुभव गरेको बताउँदै धन्यवाद दिए ।

सांसद राजकुमार कुँवरले यस अवधिमा तितामीठा अनुभव भएको सुनाउँदै घाइते र अपाङ्गताका मुद्दा सदनमा उठाएर धेरै कानून निर्माण गर्न सफल भए पनि अझै केही कानून बनाउन बाँकी रहेको बताए । सांसद विन्दादेवी आले रानाले स्थानीय तहका सरकारले लगाएका कतिपय करसम्बन्धी प्रत्यायोजित गरिएको अधिकारका बारेमा सदनको ध्यानाकर्षण गराए ।

सांसद सरिता प्रसाईले केही दिनमा निधन हुनुभएका राष्ट्रिसभाका सांसद दुर्गाप्रसाद उपाध्यायप्रति श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।  साथै उनले सदनमा सत्तापक्ष र प्रतिपक्षबीच सुमधुर सम्बन्धले सदन अगाडि बढेकामा खुशी व्यक्त गरिन् ।

सांसद हरिचरण शिवाकोटीले आफू कृषि क्षेत्रको सामान्य व्यक्तिले सिंहदरबार, सरकार र दुवै सदनका बारेमा जान्ने मौका पाएको बताउँदै सदनमा प्रतिपक्ष दलको सिर्जनात्मक कार्यले सदनको गरिमा बढेको अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल