आमाले नै किन सन्तानको नाम कोरोना र भाइरस राखिन् ? « Khabarhub

आमाले नै किन सन्तानको नाम कोरोना र भाइरस राखिन् ?


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला कोरोना डरको उपनाम झै बनेको छ ।

यस्तोमा कसैले पनि कोरोनाको संक्रमण त परको कुरा यससँग मिल्दो लक्षण पनि नहोस् भन्ने कामना गर्दछ । यो बेला कसैले नामको सट्टा कोरोना भाइरस भनेर पुकार्याे भने के होला ? अझ कसैको नामको नै कोरोना भाइरस हुनसक्ला ?

मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवति महिलाले शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले उनलाई चिकित्सकले मजाकका रुपमा कोरोना र भाइरस नाम राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चैको नाम कोरोना भाइरस नै राखिदिइन् ।

३४ वर्षे एनामारिया जोस राफेल गोंजालेजले आफ्नो जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखेकी हुन् । आफु कोरोना संक्रमित भएपछि शिशुको नाम पनि कोरोना भाइरस राखेको उनले बताइन ।

शिशुको नामको बिषयमा डा. इदु रदो कास्टिल्सले कोरोना र भाइरस राख्ने कि भनेर सुझाएको र आफुलाई त्यहि नाम मन परेकोले जुम्लाहा सन्तानको नाम कोरोना भाइरस नै राखेको राफेलले बताइन् ।

मेक्सिकोको बेसिक ला विला अस्पतालमा राफेलले जुम्लाहा शिशुलाई जन्म दिएकी थिइन् । अब दुई शिशु मध्ये छोरीको नाम कोरोना जोस मिगुएल गोंजालेज र छोराको नाम भाइरस जोस मिगुएल गोंजालेज छ ।

उनले दुई सन्तानसहित सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५१ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप