सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम ! « Khabarhub

सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम !


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । नेपालमा हालसम्म ६ जना संक्रमित फेला परेका छन् ।

यो महामारी फैलाउने भाइरसको संक्रमणका कारण विश्वभर करीब ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख १४ हजार नाघेको छ । यसरी विश्वभर नै वितण्डा मच्चाउने कोरोनाको संक्रमण मधुमेह र उच्च रक्तचाप भएका मानिसकका लागी घातक हुने जानकारी आएको छ ।

एक रिर्पाेटका अनुसार कोरोना भाइरसको संक्रमण मधुमेह र उच्च रक्तचापका बिरामीलाई खतरनाक हुन्छ । दि लैन्सेटमा प्रकाशित एक रिपोर्टका अनुसार मधुमेह र उच्च रक्तचाप भएका ब्यक्तिमा कोरोनाको संक्रमण हुने संभावना रहेकाले सावधान हुनु आवश्यक हुन्छ ।

रिपोर्टका अनुसार यी रोगका बिरामी सेवन गर्ने औषधिलाई ACE (एन्जियोटेन्सिन कन्भर्टिगं एन्जाइम) भनिन्छ । यसले मानिसको कोषमा असर पार्ने काम गर्दछ । वैज्ञानिकका अनुसार ती औषधिले कोषमा असर पार्दा कोरोना भाइरसलाई आक्रमणका लागी सहज बन्ने गर्दछ ।

विश्वभरका करौडौं मधुमेह तथा उच्च रक्ताचापका बिरामीहरु रोग नियन्त्रणका अनुसार यस प्रकारको औषधिको सेवन गर्दछन् । अब यो नियमित औषधि खाने मधुमेह तथा उच्च रक्तचाप बिरामीलाई यो लाग्न सक्छ कि तत्काल यौ औषधि छोड्नु पर्ला ।

तर स्वास्थ्य विशेषज्ञका अनुसार बिना चिकित्सकको सुझावले यी औषधीको सेवन बन्द गर्नु हुदैन । बरु यसका लागी रोग प्रतिरोधात्मक शक्ति बढाउने गर्नुपर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ४३ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्