सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम ! « Khabarhub

सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम !


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । नेपालमा हालसम्म ६ जना संक्रमित फेला परेका छन् ।

यो महामारी फैलाउने भाइरसको संक्रमणका कारण विश्वभर करीब ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख १४ हजार नाघेको छ । यसरी विश्वभर नै वितण्डा मच्चाउने कोरोनाको संक्रमण मधुमेह र उच्च रक्तचाप भएका मानिसकका लागी घातक हुने जानकारी आएको छ ।

एक रिर्पाेटका अनुसार कोरोना भाइरसको संक्रमण मधुमेह र उच्च रक्तचापका बिरामीलाई खतरनाक हुन्छ । दि लैन्सेटमा प्रकाशित एक रिपोर्टका अनुसार मधुमेह र उच्च रक्तचाप भएका ब्यक्तिमा कोरोनाको संक्रमण हुने संभावना रहेकाले सावधान हुनु आवश्यक हुन्छ ।

रिपोर्टका अनुसार यी रोगका बिरामी सेवन गर्ने औषधिलाई ACE (एन्जियोटेन्सिन कन्भर्टिगं एन्जाइम) भनिन्छ । यसले मानिसको कोषमा असर पार्ने काम गर्दछ । वैज्ञानिकका अनुसार ती औषधिले कोषमा असर पार्दा कोरोना भाइरसलाई आक्रमणका लागी सहज बन्ने गर्दछ ।

विश्वभरका करौडौं मधुमेह तथा उच्च रक्ताचापका बिरामीहरु रोग नियन्त्रणका अनुसार यस प्रकारको औषधिको सेवन गर्दछन् । अब यो नियमित औषधि खाने मधुमेह तथा उच्च रक्तचाप बिरामीलाई यो लाग्न सक्छ कि तत्काल यौ औषधि छोड्नु पर्ला ।

तर स्वास्थ्य विशेषज्ञका अनुसार बिना चिकित्सकको सुझावले यी औषधीको सेवन बन्द गर्नु हुदैन । बरु यसका लागी रोग प्रतिरोधात्मक शक्ति बढाउने गर्नुपर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ४३ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ