कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन « Khabarhub

कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको त्रास विश्वभर बढेपछि यसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् ।

कोहि मास्क, साबुन, पञ्जा, स्यानिटाइजर लगायतका वस्तु जोहो गर्न लागि परेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् ।

कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो । तर कोरोनको संक्रमणबात यस अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव दिन्छन् ।

पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले संक्रमण हुनबाट बचाउँछ ।

१. भिटामिन सी

चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

२. भिटामिन बी ६

शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ पाउन सकिन्छ ।

३. भिटामिन ई

शरीरमा कुनै पनि रोगको संक्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

४. अमिला फलफूल

अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

५. अदुवा

अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ३५ बजे

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति

उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व 

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज