कोरोना भाइरस : २४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमणमा रहेका ७ लाख ४९ हजार ३२२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ४३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २४२ जना संक्रमित छन् ।

तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३४८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा ५९ हजार १०५ संक्रमित छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : २० बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्