तनहुँमा अन्तर जिल्ला प्रवेशमा रोक « Khabarhub

तनहुँमा अन्तर जिल्ला प्रवेशमा रोक


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ । बिरामी, कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

विपन्न परिवारलाई खाद्यान्न

व्यासनगरपालिका– १ नं वडा कार्यालयले वडाका करीब एक सय जनालाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गर्ने भएको छ । वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले वडाभित्र भाडामा बस्ने विपन्न परिवारलाई चैत महिनाको भाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने, विदेशबाट घर फर्किएका व्यक्तिको कडा निगरानी गर्दै क्वारेन्टाइनमा अनिवार्य बस्न लगाउनेलगायत निर्णय पनि गरेको छ ।

एक महिनाको भाडा मिनाहा

व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा छन्।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

घर घरमा तरकारी आपूर्ति

व्यास–३ नं वडा कार्यालयले लक डाउनको अवधिभर वडाका घरघरमा तरकारी आपूर्ति गर्ने भएको छ । वडाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार वडाभित्र रहेका आठ वटा टोल विकास संस्थाका पदाधिकारीसहितको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

लक डाउनको शुरुआतदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएकाले तरकारी पसल बन्द गरी टोलटोल र घरघरमा तरकारी उपलब्ध गराउने निर्णय भएको वडा सदस्य रवीन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ०० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ