सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा « Khabarhub

सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– सिन्धुपाल्चोकमा स्वास्थ्य परीक्षणपछि २९ जनालाई क्वोरन्टाइनमा राखिएको छ ।

लामोसाँघुस्थित ग्रामीण महिला सिर्जनशीललको क्वेरन्टाइनमा विदेशबाट आएका २४ र जिल्ला अस्पतालको क्वारेन्टाइनमा पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

चौतारा साँगाचोकगढी ७ मेलचौरस्थित क्वारेन्टाइनमा भारतको बैंगलोरबाट आएका पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको छ । नगरपालिकाका अनुसार पाँचै जना वडा नं ८ इर्खु, चिलाउनेका हुन् ।

आफ्नो छरछिमेकमा कोही परदेशबाट आएको पाइएमा तुरुन्त नगरपालिकामा जानकारी गराउन नगर प्रमुख अमानसिं तामाङले अनुरोध गर्नुभएको छ ।

मेलम्चीमा क्वारेन्टाइन

मेलम्ची नगरपालिका ४ ले कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई राख्नका लागि चार शय्याको क्वारेन्टाइन तयार गरेको छ ।

मेलम्ची ४ थकनीको ओखरेनी चौरको धौलेश्वरी आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाइएको वडा सदस्य कृष्णकुमार तामाङले जानकारी दिए ।

विसं २०७२ को भूकम्पका समयमा रेडक्रस सोसाइटीले दिएका पुराना शय्या प्रयोग गरी क्वारेन्टाइन निर्माण गरिएको छ ।
पछिल्लो समय वडाभरिमा वैदेशिक रोजगारबाट आएका तीन जना छन् । तिनलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : ५७ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको