सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा « Khabarhub

सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– सिन्धुपाल्चोकमा स्वास्थ्य परीक्षणपछि २९ जनालाई क्वोरन्टाइनमा राखिएको छ ।

लामोसाँघुस्थित ग्रामीण महिला सिर्जनशीललको क्वेरन्टाइनमा विदेशबाट आएका २४ र जिल्ला अस्पतालको क्वारेन्टाइनमा पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

चौतारा साँगाचोकगढी ७ मेलचौरस्थित क्वारेन्टाइनमा भारतको बैंगलोरबाट आएका पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको छ । नगरपालिकाका अनुसार पाँचै जना वडा नं ८ इर्खु, चिलाउनेका हुन् ।

आफ्नो छरछिमेकमा कोही परदेशबाट आएको पाइएमा तुरुन्त नगरपालिकामा जानकारी गराउन नगर प्रमुख अमानसिं तामाङले अनुरोध गर्नुभएको छ ।

मेलम्चीमा क्वारेन्टाइन

मेलम्ची नगरपालिका ४ ले कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई राख्नका लागि चार शय्याको क्वारेन्टाइन तयार गरेको छ ।

मेलम्ची ४ थकनीको ओखरेनी चौरको धौलेश्वरी आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाइएको वडा सदस्य कृष्णकुमार तामाङले जानकारी दिए ।

विसं २०७२ को भूकम्पका समयमा रेडक्रस सोसाइटीले दिएका पुराना शय्या प्रयोग गरी क्वारेन्टाइन निर्माण गरिएको छ ।
पछिल्लो समय वडाभरिमा वैदेशिक रोजगारबाट आएका तीन जना छन् । तिनलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : ५७ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि