५ लाख सहयोग गर्दै पल शाहले भने – म तपाईंहरूको साथमा सधै हुनेछु « Khabarhub

५ लाख सहयोग गर्दै पल शाहले भने – म तपाईंहरूको साथमा सधै हुनेछु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाहले चलचित्र चलचित्र प्राविधिकहरुका लागि ५ लाख दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त सहयोग रकम दिने घोषणा गरेका हुन् ।

पलले सहयोग रकम घोषणा गर्दै भनेका छन् – विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गरेको छु ।

साथै पलले आफूले सहयोग गरेको रकम नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) लाई सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनले व्यक्तिगत तर्फबाट पहिलो चरणमा भन्दै ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

पलले लेखेका छन् – आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईंहरु सबैको साथमा म सधै हुनेछु ।

यस्तो छ पलको भनाइ:

विश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरस(कोभिड–१९)काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविदितै नै छ र यसको पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।

मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैयाँ सहयोग गर्ने घाेषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।

धन्यवाद ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ५८ बजे

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य