आज मध्यरातदेखि पर्यटकको उद्धार बन्द | Khabarhub Khabarhub

आज मध्यरातदेखि पर्यटकको उद्धार बन्द


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ ।
आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो ।

आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका अनुसार देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आउने क्रम जारी रहेको छ ।

यसैबीच शुक्रवार(आज ) लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरि काठमाडौं ल्याइएको छ भने आजै पोखराबाटसमेत दुई वटा बसमा पर्यटकरु काठमाडौं आइरहेका छन् ।

काठमाडौं आएका पर्यटकलाई भने सम्बन्धित देशको समन्वयमा उद्धार गरिने पर्यटन बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १ हजार ७०८ जनाको उदधार गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : २२ बजे

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै