लकडाउनको समयमा ‘रोड चिटिक्क’ पार्न सडक विभागलाई भ्याइनभ्याई ! « Khabarhub

लकडाउनको समयमा ‘रोड चिटिक्क’ पार्न सडक विभागलाई भ्याइनभ्याई !


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडक डिभिजन कार्यलयले लकडाउनका समयमा काठमाडौका विभिन्न स्थानका सडककाे सौन्दर्यिकरणकाे काम गरिरहेको छ ।

दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, राेड र लेन मार्किङकाे काम गरिरहेकाे छ ।

अहिले सवारिसाधनकाे चापबाट सडकले मुक्ति पाएकाे छ । त्यस्तै सडकहरु उज्याला र चम्किला देखिन थालेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि पहिलाे पटक चैत्र ११ गते एक साताका लागि लकडाउन जारी गरेकाे थियाे । सोही समयदेखी सडकमा थोरै जनशक्ति परिचालन गरेर गर्न सकिने काम गरिरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

पहिलो लकडाउनकाे समय सकिएपछि सरकारले पुनः रुपमा साता दिनको लागि लकडाउन घाेषाणा गरेको छ ।

लकडाउनका बेला सडकमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालन गर्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरिरहेको छ ।

यता डिभिजन कार्यालयले भने कार्यालय मातहत पर्ने सडकमा रेखाको काम तिब्र गतिमा भइरहेको नेपालीले बताए ।

लकडाउनका समयमा करिब २ किलोमीटर सडकमा राेड मार्किङको काम गरेको डिभिजन कार्यालयका नेपालीको भनाइ छ ।

‘१० स्थानमा जेब्रा क्रसीङ बनायौं’ भने, ‘कोरोना भाइरसका कारण समुहमा काम गर्न नमिल्ने भएर कालोपत्रेको काम स्थगित छ ।’

उनका अनुसार बालुवाटार , महाराजगन्ज , थापाथली , माइतीघर क्षेत्रमा जेब्रा क्रसीङ गरेको र त्यसको दायाँबायाँको सडक मार्किङ गरिएका छन्।

देशमा लकडाउन हुनु अघि कार्यालयले काठमाडौंको स्रोहखुट्टे-बालाजु र ललितपुरको पुल्चोक लगायत उपत्यकाभित्रका खाल्डा पुर्ने र ओभर ले को काम भइरहेको थियो ।

तस्वीर : कुवेर नेपाली

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : ०९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ