मुख्यमन्त्रीको नेतृत्वमा बागमती प्रदेश कोराेना संकट व्यवस्थापन समिति गठन « Khabarhub

मुख्यमन्त्रीको नेतृत्वमा बागमती प्रदेश कोराेना संकट व्यवस्थापन समिति गठन


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका काम व्यवस्थित र समन्वयात्मक रूपमा गर्नका लागि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको छ ।

स‌ंघीय सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्यदिशा अनुसार समिति गठन गरिएको हो।

समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य छन्।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिवलाई सदस्य सचिवमा मनोनित गरिएको छ।

समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्नेछ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : ५५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ