काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि आजसम्मका कामको समीक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसँग अपिल गरेका छन् ।
नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९)संग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको बताएका छन् ।
उनले लकडाउनलाई अझ बढी प्रभावकारी बनाउन नागरिकमा यसको उद्देश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी रहेको जनाएका छन् ।
उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,’ सरकारले हालसम्म कोरोनाभाइरसको संक्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको र तिनको प्रभावकारीता र विश्वसनीयतामा नै प्रश्न उठ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
उनले अति आवश्यक स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रियाहरु विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाणहरु संचार माध्यमबाट आइरहेको सन्दर्भमा यसको निस्पक्ष छानविन हुने अपेक्षा राखेका छन् ।
‘अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हुँदा हुँदै पनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउनु पर्ने विरामीले उपचार नपाएर ज्यान जोखिममा परेको खवरलाइ गम्भिर रुपमा लिन समेत सरकारलाई आग्रह गर्दछु ।,’ बिज्ञप्तिमा भनिनएको छ, ‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसंग जुध्नको लागि सरकारले आजसम्म गरेका तयारी र कामको एकपटक समिक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसंग अपिल गर्दछु ।’
उनले सरकारले अभिभावकत्व लिदै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय स्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर ब्यवहारमा उर्तान सरकारलाई आग्रह गरेका छन् ।
डा. कोइरालाद्वारा जारी बिज्ञप्ति यस्तो छ-
प्रतिक्रिया