कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा विश्वका १९३ राजनीतिक दलद्वारा १० बुँदे संयुक्त अपिल


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वका १ सय ९३ पार्टीले साझा ऐक्यवद्धता जनाएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमण रोकथामका लागि थालिएका प्रयासलाई बलियो बनाउन र जनतालई सचेत बनाई महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १ सय ९३ राजनीतिक दलहरुले १० बुँदे संयुक्त अपिल जारी गरेका हुन् ।

जसमा नेपाल कम्युनिस्ट पार्टीले पनि संलग्नता जनाएको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

‘अ जोइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–१९ नामक उक्त अपिललाई सम्प्रेषण गरेको नेकपाले जनाएको छ ।

यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाए मात्रै कोरोनाविरुद्धको लडाइँमा विजयी हासिल गर्न सकिने विश्वास लिइएको छ  ।

समान चिन्ता, सरोकार र अपेक्षका साथ तयार गर्रिएको उक्त दस्तावेजले संकटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्ने नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोभिड–१९ को महामारी यतिबेला विश्वकै साझा चुनौतका रुपमा देखा परेको छ । मानव जातिमाथि नै ठूलो संकटका रुपमा देखा परेको यस महामारीका विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरुले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३३ बजे

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य