स्वास्थ्य सामग्रीमा भएको अनियमितको निस्पक्ष छानविन गर्न राजपाको माग « Khabarhub

स्वास्थ्य सामग्रीमा भएको अनियमितको निस्पक्ष छानविन गर्न राजपाको माग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपाले कोरोना भाइरस रोकथामका लागि ल्याइएका स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको अनियमितताको निस्पक्ष छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन्।

‘यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको परकाष्ठा हो,’ भण्डारीले भनेका छन्, ‘खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं।’

नेपाल-भारत सीमानाकामा नेपाली नागरिक अलपत्र परेकाले तत्काल नागरिकहरूलाई स्वदेश ल्याउने र स्वास्थ्य परीक्षण शंकास्पदलाई क्वारेन्टाइनमा राख्नसमेत राजपाले माग गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ४९ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६