राष्ट्रपतिको सम्बोधन : नेपालमा कोरोनाको संक्रमण भयावह छैन « Khabarhub

राष्ट्रपतिको सम्बोधन : नेपालमा कोरोनाको संक्रमण भयावह छैन


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको बताइन ।

देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गरेकी छन् ।

आफ्नै घरमा बसेर व्यक्ति व्यक्तिबीचको दुरी कायम गरे कोरोनासँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उनको भनाई छ ।

यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उनले बताइन । कोरोना भाईरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभई विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दाबी गरिन ।

राष्ट्रपतिले विभिन्न देशका नेपालीलाई जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गरेकी छन् । त्यस्तै नेपाललाई विभिन्न देशले प्रदान गरेको सहयोग र देखाएको तत्परताप्रतिपनि उनले धन्यवाद दिएकी छन् ।

सङ्क्रमित बिरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उनले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिएकी छन् ।

यो परिस्थितिमा राजनीतिक दल, उद्योग, व्यापारी, स्वायंसेवी लगायत संस्थाहरुलाई आफूले सकेको सहयोग गर्न पनि राष्ट्रपतिले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : १० बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको