आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न नेता कोइरालाको माग « Khabarhub

आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न नेता कोइरालाको माग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री ओलीले आइटी विज्ञ अस्गर अलीलाई तुरुन्त बर्खास्त गर्न माग गरेका छन् ।

काठमाडौं प्रेसको समचार ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता ’ शीर्षकको समचार प्रधानमन्त्रीका सूचना प्रविधी सल्लाहकार अस्गर अलीकाको लगानी रहेको सिरान टेक्नोलोजीले हटाएकोप्रति ध्यानाकर्षण भएको  बताउँदै उनलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै कोइरालाले भनेका छन्, ‘संसारमै नहुने यस्तो विरलै घटना प्रेस र अभिब्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो। संसारमा कहीँ र कतै पनि प्रकाशित समाचारलाई लिएर बिमती भएमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन्। प्रधानमन्त्री ओलीले आफ्ना ती सूचना प्रबिधि विज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारवाही गरिनुपर्छ।’

कोइरालाले सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागिसकेको भन्दै सरकारले अब कानुनी कारवाही अघि बढाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ५९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी