अदालतको अतिआवश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने « Khabarhub

अदालतको अतिआवश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका लागि अतिअवाश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको थियो ।

सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

बैठकले मातहतका अदालत तथा न्यायाधीकरणका न्यायाधीशलाई कोषमा सहयोगस्वरुप रकम उपलब्ध गराउने बारेमा लेखी पढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : ४० बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण