कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा « Khabarhub

कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका हुन् ।

भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ।

समितिले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै मलेसियाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेसँगै नेपाली श्रमिकहरु समस्यमा परेको जनाएको हो ।

विज्ञप्तिमा ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ (एमसिओ) लागु भएपछि भिसा सकिएर अलपत्र अवस्थामा परेका नेपालीहरूलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको र गर्दै आइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

विभिन्न कम्पनीहरुले कामदारलार्इ खानको लागि न्युनतम खर्चसमेत उपलब्ध नगराएको र कोरोना कोष भन्दै यो संवेदनशील घडीमा जोखिम मोलेर डिउटी गरिरहेका नेपालीहरूको पैसा कटौती गरेको गुनासो पनि आइरहेको समितिले जनाएको छ ।

समस्यामा परेका नेपालीहरूलाई उचित न्याय दिलाउन र भिसा सकिएर अलपत्र परेका अवस्थामा रहेका नेपालीहरुलाई सकेसम्म चाँडै व्यवस्थापन र स्वदेश फर्कने वातावरण मिलाउनको निम्ति नेपाली राजदूतावास क्वालालम्पुरलाई मलेसियाको समितिले ध्यानाकर्षण समेत गराएको छ ।

मलेसियामा पूरै लकडाउन छैन । हिँडडुलमा कडाइ गरिएको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि चौथो पटक ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरिएको छ । यो मे १२ सम्म लागू हुनेछ ।

जारी विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ०५ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र