दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा « Khabarhub

दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको दिल्ली प्रदेशका ११ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै प्रदेश सरकारले रेड जोनबाट तत्काल नहटाइने प्रष्ट पारेको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले कम्तिमा मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने  जानकारी दिएका हुन् ।

भारतमा लकडाउन जारी रहेपनि कोरोना भाइरस संक्रमितका आधारमा जोखिमको बर्गिकरण गर्दै मानिसको आवातजावतमा अझ कडाईं गर्न थालेको छ ।

भारतमा १३० जिल्ला उच्च जोखिमपूर्ण अर्थात ‘रेड जोन’ मा सूचिकृत गरिएका छन् भने २८४ जिल्लालाई ‘ओरेन्ज जोन’ र ३१९ जिल्लालाई ‘ग्रिन जोन’ को रुपमा सूचिकृत गरिएको छ ।

दिल्ली प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या चार हजार हाराहारी पुगिसकेको छ । भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गत मार्च २४ तारिखदेखि लकडाउन जारी राखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५२ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले