छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला ! « Khabarhub

छोराछोरीको भोको पेट भर्न ‘ढुंगा’ नै पकाउने अवस्थामा पुगेपछि यी महिला !


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ‘ढुंगाको खिचडी’ कथा तपाईंहरु सबैलाई थाहा होला । एउटा लोभी बुढीलाई एउटा चलाख बटुवाले ढुंगाको खिचडी पकाउछु भनेर एक-एक सामग्री माग्छ र खिचडी पकाएर खान्छ।

यो त एउटा कथा थियो- ढुंगाको खिचडी पकाएको । तर, केन्यामा एक महिलाले छोराछोरीको भोको पेट भर्न वास्तविकतामै ढुंगा पकाएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कोरोना भाइरसको महामारीका कारण कामधन्दा ठप्प भएपछि छोराछोरीको भोको पेट भर्न उनले ‘ढुंगा’ पकाएको जनाइएको छ ।

पेनिना बहाती कित्साओ नामकी विधवा महिला ८ बच्चाकी आमा हुन् । उनी अन्य मानिसको घरमा गएर कपडा धोएर आफ्ना बच्चाहरुलाई पाल्दै आएकी थिइन् ।

उनले भनिन्, ‘लकडाउनले गर्दा सबै काम ठप्प भयो, घरमा खानेकुरा सबै सकियो । विकल्पमा पकाउन बाँकी चिज ढंगा मात्र भेटेँ ।’

घरमा खानेकुरा केही नभएपछि छोराछोरीलाई फकाउनको लागि उनले भाँडोमा ढुङ्गा राखेर उमालेकी हुन् । छिमेकी प्रिस्का मोमानीले पूरा घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि खबर चारैतिर फैलिएको हो ।

प्रिस्काले बच्चाहरु रोएको खबर सुनेर त्यहाँ जाँदा उक्त घटना भएको देखेकी थिइन् । उनको अवस्थाबारे थाहा पाएपछि उनलाई सहयोग गर्नेहरु पनि बढेको जनाइएको छ ।

उनको छिमेकीहरुले बैंक अकाउण्ट खोलिदिएपछि उनलाई बैंक अकाउण्टमा सहयोग प्राप्त हुन थालेको जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ०१ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप