यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी’ « Khabarhub

यसकारण गर्भवती महिलालाई लाग्छ ‘वाकवाकी’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ ।

यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त ? चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी हर्मोनका कारण वाकवाकी र रिंगटा लाग्ने गर्दछ ।

यो हर्मनलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ ।

अध्ययन अनुसार, गर्भावस्थामा आउने यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । यसबाहेक स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ ।

गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार, वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३ देखि १४ हप्तासम्म नै रहन्छ । कसैकसैलाई भने यो भन्दा बढी समय सम्म पनि यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त

असहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन ।

धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : २५ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको