भारतमा कोरोनाबाट १३ सयको मृत्यु, महाराष्ट्र सबैभन्दा बढी प्रभावित « Khabarhub

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, महाराष्ट्र सबैभन्दा बढी प्रभावित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् ।

भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ५९ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज