पाकिस्तानमा कोरोनाभाइरसबाट झण्डै १९ हजार सङ्क्रमित « Khabarhub

पाकिस्तानमा कोरोनाभाइरसबाट झण्डै १९ हजार सङ्क्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ ।

पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ५१ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त