नेपालगञ्जका कोरोना संक्रमित ९ जना एउटै टोलका « Khabarhub

नेपालगञ्जका कोरोना संक्रमित ९ जना एउटै टोलका


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन ९ जनामा कोरोनाको पुष्टि भएको हो । संक्रमण देखिएका सबै एकै टोलका रहेका छन् ।

शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । अन्य ६० जनाको भने परीक्षण गर्न बाँकी रहेको छ ।

नेपालगञ्जमा शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनमा संक्रमण देखिसँगै सहरका चार स्थानलाई सिल गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पुष्टिभएसँगै उक्त क्षेत्र सिल गरिएको थियो ।

ति पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र शुक्रबार नै सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए ।

संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।

संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने बताए ।

उनी दैनिक मस्जिदमा आवतजावत गर्ने भएका कारण अन्यमा पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि अस्पतालमा पठाइएको थियो । जसमध्ये अझै ६० जनाको परीक्षण गर्न बाँकी रहेसँगै स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : ५८ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल