रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो। रथीमा पदोन्नति भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ। शर्मा प्रधानसेनापतिको प्रमुख दावेदार हुन्।

बलाध्यक्ष रथी गौरब तण्डुलले १९ वैशाखमा अनिवार्य अवकाश पाएपछि शर्माको बढुवा भएको थियो ।

सेनामा ६ असारदेखि अर्का बलाधिकृत रथी शरद गिरी अवकाश हुँदैछन् । यसपछि शर्मा प्रधानसेनापति पछिकाे बरियतामा हुनेछन् । शर्मालाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ ।

शर्माकै नेतृत्वमा सेनाले अपरेशन कोभिड–१९ को पहिलो कारवाही पूरा गरेकाे थियो । चीनको वुहानमा फसेका नेपालीहरूलाई हवाई उद्धार, क्वारेन्टिन ब्यवस्थापन, उपचार र जाँच लगायतको कारवाहीलाई अपरेशन कोभिड–१९ नाम दिईएको थियो।री हुन् ।

यस्तै प्रधानसेनापति थापाले उपरथीमा बढुवा भएका सहायक रथीहरु आनन्दकुमार अधिकारी र सञ्जय थापा समेतलाई आइतबार दर्ज्यानी चिन्ह लगाई दिएका थिए । बढुवा भएका उपरथी अधिकारीलाई उपत्यका पृतना मुख्यालय र उपरथी थापालाई मध्यपश्चिम पृतना मुख्यालयको जिम्मेबारी दिईएको छ । यसअघिका पृतनापति उपरथी निरञ्जन श्रेष्ठको तालिम महानिर्देशनालयमा सरुवा भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ