नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

नेपालगञ्जमा एकै दिन १५ जनामा देखियो कोरोना भाइरसको संक्रमण


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार नेपालगञ्जमा आज देखिएका कोरोना संक्रमितमध्ये ८ जना पुरुष र ७ जना महिला रहेका छन् ।

डा अधिकारीका अनुसार नेपालगञ्जमा आज थपिएका कोरोना संक्रमित पुरुषहरुको उमेर क्रमश ७, १६, २१, ३२, ३४, ३४,३७ र ५५ वर्ष उमेर समूहका छन् । यस्तै ७ जना कोरोना संक्रमित महिलाको उमेर क्रमश ३०, ३६, ४०, ५०, ५५, ५८ र ६० वर्षका छन् ।

उनीहरुको भेरी अस्पतालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत शुक्रबार मात्र नेपालगञ्जमा ६० वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६पुगेको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : २० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका