जेठ २५ गतेभित्रै कर बुझाउनुपर्ने अर्थ मन्त्रालयको उर्दीप्रति करदाता आक्रोशित « Khabarhub

जेठ २५ गतेभित्रै कर बुझाउनुपर्ने अर्थ मन्त्रालयको उर्दीप्रति करदाता आक्रोशित


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गते चैत ११ गतेदेखि जारी ‘लकडाउन’ले मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । उद्योग व्यवसाय, कलकारखाना सबै बन्द छन् ।

सबै व्यवसाय बन्द गरेर बसेका व्यवसायीहरूलगायतका करदातालाई लक्षित गर्दै सरकारले आगामी जेठ २५ गतेभित्र सबै कर दाखिला गर्न आग्रह गरेको छ । कर नतिरे जरिबाना लगाउने चेतावनी पनि दिएको छ। यसरी व्यवसाय सरकारले घोषणा गरेको लकडाउनलाई सहयोग गर्दा बन्द गर्नुपरेको भन्दै व्यवसायीले कसरी कर तिर्ने भन्दै आक्रोश पोखेका छन् ।

राज्यले सामान्य अभिभावकको भूमिका पनि बिर्सिएको भन्दै उनीहरुले कुनै हालतमा कर दाखिला गर्न नसक्ने बताएका छन् । गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका कारण उद्योगधन्दा बन्द रहेको र आर्थिक गतिविधि ठप्प रहेको जानकारी नेपाल सरकारलाई छ ।

तर, उद्योगी–व्यवसायीले झेल्नुपरेको संकट थाहै नपाएजस्तो गर्दै अर्थ मन्त्रालयले द्धिमासिक तथा आवधिक भुक्तानी जेठ २५ गतेभित्रै गर्नुपर्ने सूचना जारी गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारको अव्यावहारिक कदमले व्यवसायीलाई मार पर्ने भन्दै आक्रोश पोखे ।

यतिमात्र होइन, जेठ २५ गतेभित्र कर नबुझाए जरिवाना गर्ने चेतावनीसमेत सरकारले दिएको छ । यो प्रावधानले सरकारले अभिभावकको भूमिका बिर्सिएको टिप्पणी व्यवसायीको छ ।

लकडाउनका कारण बन्दप्रायः रहेका उद्योगधन्दाले कर्मचारीलाई पारिश्रमिकसमेत भुक्तान गर्न नसक्ने अवस्थामा पुगेको बेला कर कसुलीमा कस्ने सरकारी कदम अव्यावहारिक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर बताउँछन् ।

तत्काल कर भुक्तानी सम्भवै नहुने उनको भनाइ छ । सरकारले लकडाउनको अवधिमा खोल्ने भनेका उद्योगहरुसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

श्रमिकलाई पारिश्रमिकसमेत दिन नसकेका अधिकांश बन्द उद्योगसँग कर असुल्ने आफ्नै निर्णय कार्यान्वयन गर्न सरकारलाई निकै कठिन हुने देखिन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर