कैलालीका अस्पतालमा आइसोलेसन वार्ड भरिए, बिरामी राख्न समस्या « Khabarhub

कैलालीका अस्पतालमा आइसोलेसन वार्ड भरिए, बिरामी राख्न समस्या


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।

आइसोलेसन वार्ड भरिएपछि थप कोरोना सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ ।

कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ ।

मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा शैय्या अभाव भएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालसँग २४ शैय्या र टीकापुर अस्पतालमा १२ शैय्याको आइसोलेसन वार्ड छ । सेतीमा बिरामीको सङ्ख्या २५ पुगिसकेको छ ।

अझै गौरीगङ्गाका पाँच सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ । अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा. हेमराज पाण्डेले शैय्या अभाव भएकाले बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या भएको बताए ।

टीकापुर अस्पतालमा १२ शैय्याको आइसोलेसन वार्ड छ । यहाँ १३ जनाको उपचार भइरहेको छ ।

टीकापुरमा मङ्गलबार चार जनामा सङ्क्रमण देखिएपछि एक जनालाई शैय्या अभाव हुँदा अस्पतालका अन्य वार्डमा रहेको शैय्या प्रयोग गरेर बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दुवै अस्पताल भरिएकाले अब अन्य ठाउँमा पनि विकल्प खोजी गरी बिरामी राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ४० बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि