पक्राउ परेका हाइप्रोफाइल जुवाडे छुटेका छैनन् : प्रहरी « Khabarhub

पक्राउ परेका हाइप्रोफाइल जुवाडे छुटेका छैनन् : प्रहरी


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुवाखालबाट पक्राउ परेका हाइप्रोफाइल जुवाडे हिरासतमै रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ९ जना ठूला व्यापारीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरुलाई हिरासतमा राखिएको हो ।

महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी रञ्जन दाहालले पक्राउ परेका सबैजना हिरासतमै रहेको जानकारी दिए ।

उनले भने, ‘जिल्ला प्रशासनबाट म्याद थप गरेर अनुसन्धान जारी राखेका छौं, पक्राउ परेका सबै हिसासतमै छन् ।’

त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि जुवा खालबाट पक्राउ परेका कसैलाई पनि नछाडिएको बताए ।

‘अहिलेसम्म कसैलाई छोडिएको छैन।’, प्रवक्ता केसीले भने, ‘अनुसन्धान प्रक्रिया अघि बढाएका छौं, कानून अनुसार कारबाही हुन्छ ।’

गत सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेका छन् ।

प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपैयाँ नगद बरामद गरेको थियो । साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २९ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि