किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस् « Khabarhub

किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस्


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसहरु स्वास्थ्य रहन के सम्म गर्दैनन् । खानपानदेखि जीवनशैलीसम्म सुधारगर्न लागि पर्दछन् । तर शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला ।

किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।

कसरी तयार पार्ने किसमिस पानी

स्वास्थ्यका लागी फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु पर्दछ ।

अथवा २० मिनेटसम्म मन्द आँचमा किसमिसलाई उमाल्नु पर्दछ । र त्यसलाई रातभर छाडेर भोलिपल्ट बिहान पिउनु पर्दछ । तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग भएको हुनसक्छ । जो स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

यस्तो छ, किसमिस पानीको फाइदा
१. हरेक बिहान किसमिस पानीपिउनाले विशेषतःपेट सम्बन्धी रोगबाट फाइदापुर्याउँछ ।

यसको नियमित सेवनले कब्जीयत र एसिडिटीबाटसमेत छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रणाली राम्रो बनाउँछ । साथै थकानबाट राहतपनि दिन्छ ।

२. अनियमित र बढेको कोलेस्ट्रोल लेवलका कारण बिभिन्न स्वास्थ्य समस्या भोग्नु पर्दछ । तर किसमिसको पानी पिउनाले यस प्रकारको समस्याबाट राहत मिल्दछ । किसमिस पानी हाम्रो शरीरमा ट्राईग्लिसेराइड्सको स्तर कमगर्न उपयुक्त मानिन्छ ।

३. किसमिसको पानीमा फ्लेवेनइड्स एन्टी अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यो हाम्रो छालामा आउने चाउरीपना कमगर्न लाभदायक मानिन्छ । बढ्दो उमेरमा चाउरीपनाबाट मुक्ति पाउन किसमिस पानीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

४. किसमिस पानी अमाशयमा रस बनाउन असरदार मानिन्छ । यसको नियमित सेवनले मानिसको आमाशय स्वस्थ रहन्छ । शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित हुने गर्दछ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २६ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ