बुबा चंकीले सम्झाउँदा किन रिसाएकि थिइन् अनन्या « Khabarhub

बुबा चंकीले सम्झाउँदा किन रिसाएकि थिइन् अनन्या


२१ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ र ‘पति पत्नी और वो’को रिमेकमा काम गरेकी अभिनेत्री हुन् अनन्या पाण्डे । दुई हिट फिल्ममा अभिनेत्रीका रुपमा देखा परेकी अनन्याका बारेमा उनको काम प्रतिको लगाव चर्चामा छ । सानैमा अभिनेत्री बन्ने रहर पालेकी अनन्या सन् ८० र ९० को दशकका चर्चित अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

लामो समय अभिनेताका रुपमा बलिउडमा काम गरेका चंकी पाण्डे केहि बर्षयता कमेडी वा खलपात्र कलाकार रुपमा काम गर्दै आएका छन् । उनी जमानामा ड्यासिङ हिरोका रुपमा मानिन्थे । तर सयमक्रम संगै उनको वर्चश्व बलिउडमा कम भयो र उनी केहि समय नेपाली फिल्ममा पनि देखा परे । तर यिनै चंकीकी छोरी एक पटक उनीसंग रिसाएकी थिइन् ।

अनन्याले ‘स्टुडेंट अफ द इयर २’ मा काम सकेपछि उनी ‘पति पत्नी और वो’ मा काम गर्न थालिन् । यस क्रममा उनको आर्कषण चलचित्रका अभिनेता कार्तिक आर्यन प्रति हुन थाल्यो । यी दुबैको अफेयरको चर्चा हुन थाल्यो ।

यसै दौरान चंकीले अनन्यालाई बोलाएर एक पटक मज्जाले सम्झाएका थिए कि, यदि करियरको शुरुआतमा नै कुनै नायिका प्रेममा पर्दछिन् भने उनलाई अगाडी बढ्न कठिन हुनेछ । चंकीको यस कुराबाट अनन्या रिसाएकी थिइन् ।

तर केहि समय पश्चात कार्तिक र सेफ अलि खानकी छोरी सारा अली खानबिच प्रेमको चर्चा हुन थाल्यो । र अन्ततः अनन्यालाई उनको बुवाको नसिहतमा सत्यता लाग्यो ।

त्यसयता अनन्या आफ्नो लक्ष्य प्रति बफादार रहदै कामलाई प्राथमिकता दिदै आएकि छन् । अहिले उनको मान्यता छ, करियरले तपाईलाई पर्खिदैन तर प्रेम पर्खने क्षमता राख्दछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : ५५ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको