कोरोनाले साउदीमा ५४९ को मृत्यु, यस्तो छ खाडी मुलुकमा संक्रमितको तथ्यांक « Khabarhub

कोरोनाले साउदीमा ५४९ को मृत्यु, यस्तो छ खाडी मुलुकमा संक्रमितको तथ्यांक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५४९ जनाको मृत्यु भएको छ । त्यहाँ ८९ हजार ११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६९ जनाको मृत्यु भएको छ भने ३५ हजार ७८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२६ जनाको मृत्यु भएको छ भने २८ हजार ६४९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५९ जनाको मृत्यु भएको छ भने १२ हजार ७९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४३ जनाको मृत्यु भएको छ भने ६० हजार २५९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ १२ हजार ३११ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १ : ३२ बजे

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि