कोरोनाले साउदीमा ५४९ को मृत्यु, यस्तो छ खाडी मुलुकमा संक्रमितको तथ्यांक | Khabarhub Khabarhub

कोरोनाले साउदीमा ५४९ को मृत्यु, यस्तो छ खाडी मुलुकमा संक्रमितको तथ्यांक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५४९ जनाको मृत्यु भएको छ । त्यहाँ ८९ हजार ११ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६९ जनाको मृत्यु भएको छ भने ३५ हजार ७८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२६ जनाको मृत्यु भएको छ भने २८ हजार ६४९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५९ जनाको मृत्यु भएको छ भने १२ हजार ७९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४३ जनाको मृत्यु भएको छ भने ६० हजार २५९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ १२ हजार ३११ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १ : ३२ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो