कोरोना संक्रमित भेटिएपछि केएमसी अस्पताल अनिश्चितकाललाई बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमित भेटिएपछि केएमसी अस्पताल अनिश्चितकाललाई बन्द


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ ।

अस्पतालले एक सुचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए ।

‘हाम्रो अस्पतालमै संक्रमित भेटिएपछि अन्य व्यक्तिलाई पनि जोखिम हुनसक्छ, त्यसैले अस्पताललाई निर्मलीकरण गर्नका लागि केही समयलाई अस्पताल बन्द गरेका छौं ।’

स्वास्थ्य मन्त्रालयले दिएको सुचना गलत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित लाइभ अपडेटमा काठमाडौं मेडिकल कलेजमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका २४ देखि ३२ वर्षका ३ महिला र २८ वर्षका एकजना पुरुष संक्रमित भएको र सबैजना स्वास्थ्यकर्मी भएको जानकारी दिएका थिए ।

तर अस्पतालमा मेडिकल डाइरेक्टर प्राडा जोशीले भने अस्पतालमा रहेका दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको बताए ।

‘स्वास्थ्य मन्त्रालयले भनेको सुचना गलत हो । हाम्रो अस्पतालमा ४ जना पोजेटिभ आएको २ जना स्वास्थ्यकर्मी र दुईजना बिरामी हुन्,’ प्राडा जोशीले खबरहबसँग भने, ‘२ जना अस्पतालमा आएका बिरामीको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।’

प्राडा जोशीका अनुसार संक्रमति ४ जना मध्ये एकजना अस्पतालमा कार्यरत डाक्टर र एकजना नर्स हुन् ।

यस्तै दुईजना बिरामीमध्ये एकजना चाँगुनारायण नगरपालिकाबाट स्वास्थ्य जाँचका लागि आएका बिरामी र एकजना सुत्केरी गराउन आएकी महिला हुन् । उनी रौतहट स्थायी घर भएकी महिला हुन् ।

प्राडा जोशीका अनुसार ती महिलाको गत शनिबार शल्यक्रिया गरेर डेलिभरी गरिएको थियो । ती महिलालाई मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज समेत गरिसकिएको थियो ।

कोरोना परीक्षणको रिपोर्ट भने हिजो साँझ मात्र आएको प्राडा जोशीले बताए ।

‘दुईजना बिरामी मध्ये एकजना नियमित फलोअपका लागि आउनुभएको थियो । अप्रेसन गर्नुपर्ने हुनसक्छ भनेर कोरोना परीक्षणको लागि नमूना संकलन गरेर उहाँलाई घर नै पठाएका थियौं,’ प्राडा जोशीले भने, ‘अर्को बिरामी भर्ना नै गरेर शनिबार शल्यक्रिया गरेर डेलिभरी गरेर मंगलबार बिहान डिस्चार्ज गरिएको हो । कोरोना परीक्षणको रिपोर्ट ४/५ दिनपछि मात्र आयो ।’

प्राडा जोशीका अनुसार कोरोना संक्रमित दुईजना बिरामीको विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बुझाइएको छ ।

यस्तै अस्पतालका दुईजना स्वास्थ्यकर्मीको भने अस्पतालको निगरानीमा एकजना होम आइसोलेसन र एकजना अस्पतालमै राखिएको प्राडा जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १२ : ३८ बजे

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने