५ सय भारतीय मजदूर सीमामा अलपत्र | Khabarhub Khabarhub

५ सय भारतीय मजदूर सीमामा अलपत्र


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भारतको पश्चिम बङ्गाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा ५ सय भारतीय नागरिक अलपत्र परेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका सञ्चालकले मजदुरलाई घर फर्कन भनेपछि घरतर्फ फर्कने क्रममा उनीहरू सीमामै रोकिएका छन् ।

भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । नेपाल भारत सीमा दशगजा क्षेत्रमा करिब ५ सयभन्दा बढी भारतीय नागरिक २४ घण्टादेखि रोकिएका छन् ।

केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई प्रहरीको सहयोगमा मेची नगरपालिकाले दशगजामा लगेर छाडिएको थियो । अलपत्र परेका भारतीय नागरिकलाई लैजानका लागि भारतीय सुरक्षाकर्मीमार्फत अनुरोध गरिरहेको इलका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार यसरी दशगजा क्षेत्रमा अलपत्र पर्ने काठमाडौँ, लहान, विराटनगर, धरान र झापाकै विभिन्न उद्योगमा काम गर्ने मजदुर रहेका छन् ।

अलपत्र भारतीय नागरिकलाई काँकडभिट्टा सोसाइटीले खाना खुवाइरहेको बताउँदै उनले भने, “दशगजामा नेपालबाट फर्कने भारतीय नागरिकलाई भारत सरकारले अनुमति नदिँदा भीडभाड बढेको छ । खुट्टा टेक्ने ठाउँ छैन, काँकडभिट्टा बसपार्कमा उस्तै छ । यहाँ कोरोना सङ्क्रमणको जोखिमका साथै मानवीय सङ्कट आउने सम्भावना देखिएको ।”

भारतले आफ्ना नागरिकलाई अलपत्र पारेर नाकामा राख्न नमिल्ने बताउँदै उनले उनीहरुलाई भारत आफैँले बुझेर लैजानुपर्ने बताए । भारतका विभिन्न स्थानबाट फर्किएर सीमा नाकासम्म आइपुगेका नेपालीलाई सुरक्षित किसिमले उद्धार गरेर आफ्ना जिल्लामा पठाइरहेको पनि उनले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : २६ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल