तेह्रथुम, ताप्लेजुङ र पाँचथर थपिए, नेपालका ६४ जिल्लामा फैलियो कोरोना संक्रमण « Khabarhub

तेह्रथुम, ताप्लेजुङ र पाँचथर थपिए, नेपालका ६४ जिल्लामा फैलियो कोरोना संक्रमण


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका ६४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बुधबार तेह्रथुम, ताप्लेजुङ र पाँचथर गरी थप तीन जिल्लाका व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टिसँगै मुलुकका ६४ जिल्लामा संक्रमण फैलिएको हो ।

पछिल्लो २४ घण्टामा दुई सय एक जना काेराेना सङ्क्रमित थपिएका छन् । मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकोमा आज थप दुई सय एक जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या २ हजार ३ सय पुगेको छ ।

आज थपिएकामध्ये विराटनगरमा गरिएको परीक्षणमा धनकुटाका एक जना, धरानमा गरिएको परीक्षणमा सप्तरीको तिरहुतका एक जना, ताप्लेजुङको शान्ति गाउँपालिकाका तीन जना, झापाको बुद्धशान्तिका एक जना, पाँचथर हिलेहाङका एक जना र सुनसरीको भोक्राहाका सात जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जकाे प्रयोगशालामा भएको परीक्षणमा पर्साको विन्ध्यवासिनी, कालिकामाई, सखुवा पर्सौनीका सात जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नौमुलेका एक जना र सल्यानको कुमाखका दुई जना गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मोरङ, झापा, सुनसरी र तेह्रथुमका पाँच जनाको रिपोर्ट पोजेटिभ आएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा कैलाली र डोटीका पाँच जना सङ्क्रमित थपिएका छन् । रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी र शुद्धोधनका ६७ जना, पाल्पाका २ जना र रुपन्देहीका २६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जनकपुरमा गरीएको परीक्षणमा महोत्तरी मतिहानीका नाै जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जना सङ्क्रमित भेटिएका छन्, उनीहरु दैलेखको दुल्लू र नारायण नगरपालिकाका ६ जना र कालीकोटको पलाताका सात जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा आठ जनामा काेराेना पुष्टि भएको छ । दाङको बङ्गलाचुली र राजपुरका पाँच जना, प्युठान माण्डवीका दुई जना र सल्यान कपुरकोटका एक जनामा कोरोना देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ४२ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये धुनषाका एक जना, कपिलवस्तुका दुई जना, काठमाण्डौका तीन जना, नवलपरासीको पाल्हिनन्दन र बर्दघाटका गरी आठ जना, रौतहटका ११ जना, रुपन्देहीको मायादेवीका एक जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकको इन्द्रवतीका एक जनामा कोरोना पुष्टि भएको छ ।

तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो पटक सङ्क्रमण देखिएको छ । योसँगै नेपालका ६४ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ सय ७८ जना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये ५६ महिला र २२२ जना पुरुष रहेका छन् । उनका अनुसार हालसम्म १ लाख ५५ हजार ८६८ जना  क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ५ : ४७ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न