कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका | Khabarhub Khabarhub

कोरोना संक्रमणमुक्त भएर १९ दिनमा डिस्चार्ज भइन् ६ वर्षीया बालिका


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण निको भएर थप १२ जना संक्रमित डिस्चार्ज भएका छन्।

टिचिङ अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिका १९ औँ दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुर अस्पतालबाट ५ जना संक्रमितहरु ११ औँ देखि १६ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। त्यसैगरी टेकु अस्पतालबाट एक जना ९ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्। बलम्बुबाट १ जना संक्रमित १५ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्।

बुटवलबाट ४ जना संक्रमितहरु १० औँ दिनको अवधिमा डिस्चार्ज भएका छन्। योसँगे  नेपालमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ।

प्रादेशिक विवरण अनुसार हालसम्म प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १०९, वागमती प्रदेशमा ३१, गण्डकीमा ३, प्रदेश ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमणमुक्त भएका हुन्।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ३१ बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल