बुटवलमा ३ जना कोरोना संक्रमित आइसीयुमा भर्ना « Khabarhub

बुटवलमा ३ जना कोरोना संक्रमित आइसीयुमा भर्ना


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ३ जना कोरोना संक्रमितलाई आइसीयुमा भर्ना गरिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिका अनुसार अस्पतालमा उपचारत कोरोना अस्थायी अस्पतालमा रहेका ३३ जना बिरामी मध्ये ३ जना संक्रमति आइसीयुमा भर्ना गरिएको हो ।

हालसम्म लुम्बिनी अस्पतालमा भर्ना भएकामध्ये १९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार आइसियुमा रहको ३ जना संक्रमित नै पुरुष हुन् । उनीहरु कपिलवस्तुका २१ वर्षका पुरुष, ३७ वर्षका वर्षका दाङ र ५३ वर्षका पुरुष रुपन्देहीको बुटवलका हुन् ।

अस्पतालका सूचना अधिकारी डा गौतमका अनुसार २१ वर्षका संक्रमतिलाई मधुमेहको समस्या रहेको छ । उनी ५ दिनअघि अस्पतालमा भर्ना भएका हुन् । उनलाई अस्पताल भर्ना भएको दुई दिन भेन्टिलेटरमा राखेर तीन दिन अघि भेन्टिलेटबाट निकालेर आइसीयुमा राखिएको छ ।

यस्तै ३७ वर्षका कोरोना संक्रमति पुरुषमा डेंगु रोग समेत देखिएको छ । उनमा डेंगु रोग पनि भएको र श्वासप्रश्वासमा समस्या भएपछि दाङबाट लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर भएर आएका हुन् ।

अर्का ५२ वर्षका पुरुष हिजो मात्र कोरोना संक्रमण पुष्टि भएका व्यक्ति हुन् । उनमा निमोनिया भएर श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयुमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना