कोरोना संक्रमण रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च (भिडियो सहित) « Khabarhub

कोरोना संक्रमण रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च (भिडियो सहित)


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

उच्चस्तरिय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा उक्त रकम खर्च भएको जनाएको छ ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको हो ।

त्यस्तै, कोरोना उपचार तथा नियन्त्रण कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैया जम्मा भएको उनले बताए । सचिव बिडारीले विज्ञहरुको सुझाव बमोजिम लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

बाँकी भिडियो हेरौं

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ३१ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न