'स्वास्थ्य संकटकाल' प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी | Khabarhub Khabarhub

‘स्वास्थ्य संकटकाल’ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० अन्तर्गत संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने विषयमा छलफल गरेको हो।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकट घोषणा गर्ने विषयमा मन्त्रालयका पदाधिकारीबीच छलफल शुरु गरेको मन्त्रालयका एक कर्मचारीले खबरहबलाई बताए ।

‘संक्रमति बढ्दै गएपछि केही दिन अघिदेखि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेको छ,’ ती कर्मचारीले खबरहबसँग भने, ‘संकटकाल घोषणा गर्ने भन्ने विषयमा मन्त्रालयमा आज साँझ पनि छलफल भएको हो।,

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा मन्त्रालयका पदाधिकारीबीच छलफल गरिरहेको र मन्त्रालयले निर्णय गरेपछि उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने स्रोतले बतायो ।

‘स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा स्वास्थ्य संकटकाल घोषणा गर्न पठाएपछि मन्त्रिपरिषद्को निर्णयको आधारमा के हुन्छ भन्ने औपचारिक जानकारी आउँछ।’ स्रोतले खबरहबसँग भन्यो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पनि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

प्रवक्ता डा देवकोटकाले सरकारले यसअघि नै नेपालमा २ जना भन्दा बढी कोरोना संक्रमित थपिएमा स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था गरिएको बताए ।

स्वास्थ्य मन्त्रालयले बनाएको कोभिड १९ रेस्पोन्स प्लानमा २ हजार भन्दा बढी संक्रमित भएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था भएको र सोही विषयमा मन्त्रालयले छलफल भएको उनले बताए ।

‘स्वास्थ्य मन्त्रालयले यसअघि नै बनाएको कोभिड १९ रेस्पोन्स प्लान बनाएको छ । त्यसमा २ हजार केस क्रस भएपछि जनस्वास्थ्य संकटकाल लगाउन सकिने कुरा उल्लेख गरिएको छ,’ प्रवक्ता डा देवकोटाले खबरहबसँग भने, ‘सोही अनुरुप स्वास्थ्य मन्त्रालयले यस विषयमा छलफल गरिरहेको छ ।’

संक्रामक रोग ऐन २०२० ऐनको दफा २ मा संक्रमण रोग बढ्दै गए वा फैलिने देखिएमा नेपाल सरकारले रोकथाम गर्न आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ ।

नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दैनिक पछिल्लो केही दिन यता २ सय भन्दा बढी कोरोना संक्रमति थपिने गरेका छन् ।

हालसम्म कोरोना संक्रमतिको संख्या २३ सय पुगिसकेको छ । यस्तै ९ जना कोरोना संक्रमितको मृत्यु समेत भइसकेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ८ : ५६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई